त्रिदेशीय फुटबलको फाइनल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली आज दशरथ रंगशाला जाने भएका छन् । फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताए ।



यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

सम्बन्धित समाचार