नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा शनिबार झडप हुँदा मृत्यु भएका दुई व्यक्ति आफ्ना नेता तथा कार्यकर्ता भएको नेपाली कांग्रेसले जानकारी दिएको छ।
कांग्रेसको बागलुङ जिल्ला कार्यसमितले सोमबार बिहान विज्ञप्ति जारी गरी झडपमा मारिएका प्रकाश कुँवर आफ्ना जिल्ला सदस्य तथा दीपक परियार सक्रिय कार्यर्ता भएको जानकारी दिएका हुन्।
सुनियोजित रूपमा उनीहरूको हत्या गरिएको भन्दै कांग्रेसले दोषीविरुद्ध कडा कारबाही गर्न माग गरेको छ ।
https://www.youtube.com/watch?v=BKV1mHEt_Dw

