नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।

जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको छ । राउतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो ।
सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेको छ ।

