गृहजिल्लामा किसानको गँहु काट्दै विप्लव (भिडियोसहित)

धेरैलाई चाँसो होला, यतिबेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कहाँ के गर्दै होलान ? धेरैले कल्पना गरेका होलान कि त विप्लव राजनीतिक भेटघाटमा मात्रै व्यस्त होलान ? या संघीय राजधानी काठमाडौंतिर बसेर अन्य कुनै काममा फोकस गरिरहेका होलान ! तर यतिबेला नेकपा महासचिव विप्लव तपाईले कल्पना गरेको भन्दा फरक काममा व्यस्त छन् ।

महासचिव विप्लव यतिबेला गृहजिल्ला कपिलवस्तुमा किसानको गहुँ काटिरहेका छन् । सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिपछि निकै व्यस्त विप्लव पहिलो पटक सार्वजनिक रुपमा किसानको गहुँबारीमा देखिएका हुन् । काठमाडौंमा उच्च राजनीतिक भेटघाट गरेर कपिलबस्तु पुगेका विप्लव शिवगढीका स्थानीयको गहुँबारीमा पुगे । पार्टीका स्थानीय नेता कार्यकर्तालाई साथमा लिएर विप्लव गहुँ काट्न बारीमा गएका थिए । घरमा कम जनशक्ति भएर गहुँबाली भित्र्याउन समस्या भएका किसानलाई सहयोग गर्न विप्लव बारीमा पुगेको नेकपाका एक नेताले बताए ।



विप्वले गहुँबारीमा जानुपहिले भने, ‘श्रमसँग नजोडिएको नेता कार्यकर्ता कम्युनिस्ट बन्न लागयक हुँदैन, जनता बारीमा भएकोले बेला हेरेर बस्ने कम्युनिस्ट नेता बन्न सक्दैन ।’ तीन बुँदे सहमति कार्यान्वयनबारे सरकारसँग छलफल, बन्दी नेता कार्यकर्तालाई भेटघाट, राजनीतिक भेटघाटमा व्यस्त विप्लव हँसिया बोकेर आफ्नो गहुँबारीमा पुगेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । उनीहरु भन्छन्,’कम्युनिस्ट नेता यस्तो हुनुपर्छ ।’ महासचिव विप्लवसँगै नेकपा नेता अशल पनि गँहु काटिरहेका छन् । महासचिव विप्लवले गँहु काट्दै गरेको भिडियो र तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
हेर्नुहोस भिडियो

सम्बन्धित समाचार