
काठमाडौंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा तीन जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए ।
उनीहरूको हात र अनुहार जलेको छ। घाइते तीनै जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। एसिड घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प
क्राउ पर्नेहरूमा १७ वर्षीय पवन पहारी, १८ वर्षीय आकाश तामाङ र एसिड धनी केशव नेपाल रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए। शंखरापुर–१ स्थित नवीन ग्राममा डेरी सञ्चालनका लागि उक्त एसिड प्रयोग भएको पाइएको छ।
