नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।

प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदनको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सवलाई काठमाडौंमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले अदालत मजाक गर्ने ठाउँ नभएको बताए ।
‘आज पुनरावलोकन गर्न जानुभएछ, अदालत पनि कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज भएको छ, पार्टी आफ्ना आफ्ना भइसके,’ ओलीले भने । प्रचण्डले सूर्य चिन्ह दाबी गरेकोमा प्रधानमन्त्रीले आश्यार्य प्रकट गरे । ‘प्रचण्डले सूर्य चिन्ह मेरो भन्दा अचम्म लाग्यो, बच्चा खेलाएजस्तो हो र सूर्य चिन्ह ?,’ उनको प्रश्न थियो ।
प्रचण्डले कार्यकारी अध्यक्षको कागज गरेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने दाबी छाडेको स्मरण गर्दै उनले तर फेरि सत्ता खोजेपछि समस्या भएको प्रधानमन्त्रीको भनाइ थियो ।
