पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर तनहुँमा आकस्मिक अवतरण

पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट भरतपुरतर्फ उडेको एयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।



जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको जानकारी दिए ।

सम्बन्धित समाचार