नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले औपचारिक रुपमा समर्थन फिर्ता लिनेबारे अझै निर्णय लिन सकेको छैन ।
विहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने नभएको बताए । उनले सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँझिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको बताए ।
यद्यपि केही प्राविधिक विषय बाँकी रहेकाले पत्रै पठाएर समर्थन फिर्ताको निर्णयमात्रै नगरेको उनको भनाइ छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिए ।
