नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा किरण पौडेललाई नियुक्त गरेको छ ।
त्यस्तै विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरिएको बताइएको छ । बैठकले अन्य राजनीतिक महत्वका निर्णय गरेको भएपनि सार्वजनिक नगरिएको स्रोतको दाबी छ ।
हरेक हप्ता सोमबार र बुधवार मन्त्रिपरिषदको बैठक बस्ने नियमित तालिका भए पनि प्रधानमन्त्री ओलीको कार्य-व्यस्तताका कारण आज शुक्रबार बैठक राखिएको बालुवाटार स्रोतले जनाएको छ।
