नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सभामुखले संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताए।
उनले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताए । संसदका राम्रा नराम्रा कामको तुलना गर्न सभामुख सापकोटाले समाजलाई आग्रह गरे।
आफ्नो हातमा नतिजा नआए पनि आफूले निरन्तर परामर्श गरिरहेको जानकारी दिदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको तर्क गरे । विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल पनि सफल हुने उनले आशा व्यक्त गरे ।
