नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको सत्तामा जाने निर्णयलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सराहनीय कदम भनेका छन्। सामाजिक सञ्चालमा ट्विट गर्दै भट्टराईले कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको बताएका हुन्।
उनले अन्य दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन्। ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ उनले भनेका छन्। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’
दलका फरक एजेण्डा भए पनि सबैले देश, जनता र लोकतन्त्रलाई मुख्य रुपमा मान्नु पर्ने भन्दै उनले अगाडि लेखेका छन्, ‘आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है!’
