नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। राष्ट्रपति भण्डारीले खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी थिइन् ।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो । पछिल्लो समय देशभर विस्तार भएका समानान्तर कमिटीका बारेमा पनि राष्ट्रपतिले जिज्ञासा राखेको बताइन्छ । एमालेमा एकता कायम गर्न पहल गर्न पनि खनाललाई राष्ट्रपतिले आग्रह गरेको स्रोतको दाबी छ ।
पछिल्लो समय एमालेभित्रै विवाद भइरहेको बेला राष्ट्रपतिले खनाललाई भेट्नु अर्थपूर्ण रहेको बुझिएको छ ।

