सरकार परिवर्तनको चर्चाकाबीच विष्णु पौडेल र जनार्दन शर्माबीच भेटवार्ता, के भयो कुराकानी ?

एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ।

नयाँ सरकार गठनको चर्चाकाबीच अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच भेटवार्ता भएको हो । उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो।



विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।  पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए।

सम्बन्धित समाचार