पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रियो नेविसंघ, त्रिचन्द्र अगाडि झडप

घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरीबीच झडप भएको हो।

प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो।



नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार