एमालेतर्फका यी तीन मन्त्रीले आज राजीनामा दिँदै

कर्णाली प्रदेश सरकारमा एमालेतर्फका ३ मन्त्रीले आज पदबाट राजीनामा दिँदै छन्। एमालेको कर्णाली प्रदेश संसदीय दलले दिएको निर्देशनअुनसार आज सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिने भएका हुन्।

आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकअगाडि नै उनीहरूले राजीनामा दिने एक जना एमाले नेताले जानकारी दिएका छन्। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले आफ्नातर्फबाट बनेका ३ मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो।



कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रसँग १३ सांसद मात्र छन्। कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा सरकार टिकाउन अब उसलाई २१ सांसदको समर्थन चाहिन्छ।

सम्बन्धित समाचार