पाँच जना मन्त्रीको सांसद पद खारेज गर्ने माओवादी केन्द्रको तयारी

माओवादी केन्द्रले नेकपा एमालेका लागेका पाँच जना मन्त्रीलाइई कारबाही गर्ने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको कारबाहीको पत्र पाँच जना मन्त्रीलाई दिन लागिएको स्रोतले जानकारी दियो ।

माओवादी केन्द्रबाट ६ जना नेता केपी ओली सरकारका मन्त्री छन् । ओली सरकारमा माअ‍ोवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभू साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दाबा लामा रहेका छन् । मणि थापा सांसद छैनन् ।



‘पाँच जना सांसदहरुको पद खारेज गर्नेगरी पत्र तयार भइसकेको छ । आज या भोलिसम्ममा पार्टीले पत्र पठाउँछ’, प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने । यसअघि माओवादी केन्द्रले एमालेतिर लागेका सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउँदै २४ घण्टे स्पष्टिकरणसमेत सोधेको थियो ।

सम्बन्धित समाचार