२६ जना सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । विहीबार गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुको सरुवा तथा पदस्थापन गरेका हुन् ।

सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । साथै मन्त्रालयले सात जना सीडीओको पनि सरुवा गरेको छ ।



सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ ।

 

सम्बन्धित समाचार