नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेस पदाधिकारी बैठक अगाडि प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको आग्रह गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्ने भनिएपनि जसपाको प्रस्तावबारे छलफल भैरहेको स्रोतले बतायो ।
जसपा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन भट्टराईले प्रस्ताव राखेको बताइन्छ ।
उपेन्द्र–बाबुराम पक्षले राखेको प्रस्तावबारे देउवाले पदाधिकारी बैठकमा छलफल गरेर जवाफ दिने बुझिएको छ । यता जसपाको पनि पदाधिकारी बैठक बस्दैछ । जसपाले आजको पदाधिकारी बैठकबाट आफ्नो नेतृत्वमा सरकार बनाउनेबारे पछि हुने स्रोतले जानकारी दियो ।
