महन्थ ठाकुरको प्रश्न,-‘अविश्वासको प्रस्ताव पारित भयो भने ओली चुप लागेर बस्लान् ?’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसाग अहिले पनि बहुमत रहेको बताएका छन् । नेता ठाकुरले प्रधानमन्त्रीको ओली नेतृत्वको सरकार अहिले पनि बहुमतमा रहेको र आफूहरुका माग पुरा गर्ने विषयमा सकरँत्मक रहेको बताए । उनले आफ्नो माग पुरा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको भन्दै चाँडै माग पुरा हुने दाबी गरे ।

जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा समेत उनलाई हटाउन सजिलो नभएको बताए । ‘उहाँ अहिले पनि बहुमत प्राप्त प्रधानमन्त्री हो । भोलि उहाँको विरुद्धमा अविश्वासको प्रस्ताव पारित भयो भने ओलीजी चुप लाग्नुहुन्न जस्तो लाग्छ । किनभने उहाँ निर्वाचित प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुहुन्छ ।’ ठाकुरले भने ।



ओलीविरुद्ध बहमुत पुग्ने र नयाँ सरकार बन्ने अवस्था भएपनि कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्ने उनले दाबी गरे । नेता ठाकुरले प्रधानमन्त्रीले सँधैजस्तो आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउँदै आएको भन्दै अहिले आएर प्रधानमन्त्रीले त्यो समय महशुस गरेको बताए । वर्तमान राजनीतिक संकट संविधानमा रहेको त्रुटिको कारण आएको ठाकुरको दाबी छ ।

उनले देशमा निर्वाचनको विकल्प नभएको समेत बताए । ‘सवैको बीचमा सहमति भयो भने चुनाव नै उत्तम विकल्प हो, चुनाव आयो भने सबैको लम्बाई चौडाई पनि थाहा हुन्छ ।’ अध्यक्ष ठाकुरले भने । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा चुनाव हुन सक्ने संकेत समेत गरे ।

सम्बन्धित समाचार