कर्णाली प्रदेशमा नेपाल समूहले फ्लोर क्रस गरेपछि ओली समूह क्रुद्ध, प्रदीप ज्ञवालीले दिए यस्तो चेतावनी

कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि नेकपा एमालेको ओली समूह क्रुद्ध बनेको छ। पार्टी अध्यक्ष केपी ओली समूहका सांसदहरूले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरे पनि नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो।

परराष्ट्र मन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा फ्लोर क्रस हुनुलाई अराजकताको संज्ञा दिएका छन्। ज्ञवालीले यो अराजकता क्षम्य नहुने बताए। ‘कर्णालीमा आज अराजकता देखिएको छ। एमाले पार्टीभित्र यो अराजकता क्षम्य हुँदैन,’ ज्ञवालीले भने।



फ्लोर क्रस गर्ने सांसदहरूलाई कारबाही पार्टीले कारबाहीको तयारी सुरु गरिसकेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार