चैते दशैंमा सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशमा सार्वजनिक विदा दिएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो ।

२०७७ जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।



चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन । तर, कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

सम्बन्धित समाचार