नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए १७३६ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर उकालोतिर चढेको छ । गत २४ घण्टामा ८७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा १७३६ संक्रमित भएका छन् ।

२४ घण्टामा निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घटेर ९५ दशमलव ९ प्रतिशतमा झरेको छ ।



गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य मन्त्रालयले पाएको छ । नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१०२ रहेको छ ।

सम्बन्धित समाचार