माओवादी केन्द्रको बैठक आज पनि बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने !

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।



आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले बताए । सरकारदाई दिएको समर्थन फिर्ताबारे आजको बैठकले ठोस निर्णय लिने स्रोतको दाबी छ ।

सम्बन्धित समाचार