कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजक चयन गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कानुन व्यवसायी महादेवप्रसाद यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त संयोजक पदमा यादवलाई चयन गरिएको बताए। यसअघि निर्वाचन समिति संयोजक रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले हालै राजीनामा दिएका थिए।



अधिकारीले दिएको राजीनामा कांग्रेस केन्द्रीय समितिले स्वीकृत गरेको थियो। धनुषाका यादव पूर्वमहान्याधीवक्ता पनि हुन्। १४ औं महाधिवेशन गर्न कांग्रेसले निर्वाचन समिति संयोजक चयन गरेको हो। भदौ ७ देखि १० सम्म कांग्रेसले महाधिवेशन गर्ने भनेको छ।

सम्बन्धित समाचार