नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ वैशाख ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो ।
मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए । ओलीले आफूनिकट सांसद्लाई कारबाही गर्ने तयारी गरेपछि नेता नेपाल अदालतसम्म पुगेका थिए ।
आजै दिउँसो नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । भट्टराईसँग नै ओलीले नेपालसँग भेटवार्ताको समय मिलाउन आग्रह गरेका थिए ।
ओली र नेपालबीच विवाद समाधान गरेर पार्टी एकता जोगाउने लक्ष्यका साथ कुराकानी भएको स्रोतको दाबी छ ।
