सातवटै प्रदेश प्रमुखसँग राष्ट्रपतिको छलफल, प्रदेश सरकार परिवर्तनबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारले सातवटै प्रदेश प्रमुखहरुसँग छलफल गरेकी छन् । शुक्रबार करिब चार घण्टा शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरुसँग छलफल गरेकी हुन् ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीले सामाजिक रुपान्तरण, जलवायु परिवर्तन, सामुदायिक सद्भाव, शैक्षिक सुधार र प्रदेश सरकार परिवर्तनको खेलबारे चासो व्यक्त गरेकी थिइन् । बैठकमा सहभागी उक प्रदेशप्रमुखका अनुसार सबैले आ–आफ्ना प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएका अविश्वासको प्रस्तावलगायतका विषयमा ब्रिफिङ गरेका थिए ।



छलफलमा प्रदेश १ का सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ का राजेश झा अहिराज, वाग्मती प्रदेशका विष्णु प्रसाईं, गण्डकीका अमिक शेरचन, लुम्बिनी प्रदेशका धर्मनाथ यादव, कर्णालीका गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशका शर्मिला त्रिपाठी सहभागी थिए ।

सम्बन्धित समाचार