नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
आइतबार देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
सोमबार प्रदेश न.१ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम समान्यतया सफा रहनेछ। मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

