कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजेका लागि आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा बैठक केन्द्रीत हुने सह–महामन्त्री डा। प्रकाशसरण महतले जानकारी दिए । आजको बैठकले सोमबार बस्ने केन्द्रीय समितिको बैठकका लागि साझा प्रस्ताव र धारणा तयार गर्ने नेताहरुले बताएका छन् ।



बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने, राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समिकरण लगायत विषयमा समेत छलफल हुनेछ ।

सम्बन्धित समाचार