कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय भएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

बैठकमा ओली सरकारको विकल्प दिनका लागि काँग्रेसको नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष निकालिएको छ । कांग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादीसहितका दलहरूसँग संवाद गर्दै आएको छ । सोहीअनुसार पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपासँग पनि छलफल भएको छ । काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान समेत चलाएको छ । सो अभियानले छिट्टै पूर्णता पाउने नेताहरुले बताउँदै आएका छन् ।



यस्तै पदाधिकारी बैठकले भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने केसीले जानकारी दिए ।

सम्बन्धित समाचार