मन्त्रिपरिषद् बैठक सम्पन्न, निषेधाज्ञाबारे गर्यो यस्तो निर्णय

सरकारले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय  गरेको एक मन्त्रीले जानकारी दिए । जुन सिफारिस सोमबार बसेको सीसीएमसीले गरेको थियो ।

सीसीएमसीको सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्नेछन् ।



सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ ।

सम्बन्धित समाचार