अल्पमतमा परेपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री गुरुङ

नेकपा एमालेभित्रको विवादको प्रभाव प्रदेश सरकारमाथि पर्न थालेको छ । यसको पहिलो शिकार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भएका छन् । उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुने र बुधबार मतदान हुनेछ ।

सदनभित्रको समिकरणमा अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले मतदान अगाडि नै राजीनामा दिने तयारी गरेको स्रोतले बतायो । यससँगै एमालेभित्रको असन्तुष्टि र माओवादी ओलीसँग अलग भएपछि सत्ताच्यूत हुने पहिलो प्रादेशिक सरकार गण्डकी सरकार बन्ने भएको छ ।



सदनमा माधव नेपाल समर्थक एक सदस्यसहित एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली कांग्रेसका १५, स्वतन्त्र १ र चित्रबहादुर केसी समर्थक तीन सदस्य छन्। स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार