जसपाका शीर्ष नेताको बैठक जारी, सत्ता समीकरणबारे निर्णय लिइने

जनता समाजवादी पार्टीका ६ जना शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ। पार्टी कार्यालय बालकुमारीमा जसपा नेताहरूको बैठक बसेको हो। बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई मत छन्। ठाकुर र महतो ओली सरकारकै पक्षमा देखिएका छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नु पर्ने पक्षमा छन्।



दुई धार भएकाले नयाँ सत्ता समिकरणका लागि निर्णायक जसपा लामो समयदेखि अनिर्णित छ। लामो समय अर्णिनित हुनु हुँदैन भनेर जसपाका कार्यकारिणी सदस्यहरूले छिटो बैठक बोलाउन माग गरेका छन्। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्ष स्पष्ट बहुमतमा छ।

सम्बन्धित समाचार