नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का चार हजार ५२४ संक्रमित थपिएका छन् । १५ हजार ६८१ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ५२४ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १९४ पुगेको छ ।
यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७८ हजार ५०६ पुगेको छ । अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । हाल क्वारेन्टिनमा ५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
