ट्युमरको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भए बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन्। भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डले आजै अस्पताल भर्ना भएपनि शल्यक्रिया शुक्रबार हुने बताए।



यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए। त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

सम्बन्धित समाचार