नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ वैशाख ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण अहिले देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले विहीबार दिनभर तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । यस्तै देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।
यसैगरी राति पनि देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

