यी हुन् निषधाज्ञा जारी भएका १६ जिल्ला

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले आजदेखि काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागु गरेको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् ।



उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले निषेधाज्ञा लगाएका छन्। विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी भएको छ भने तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ। ​

पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्। आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ, कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ।

यसअघि सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ साल साउन ७ गतेसम्म लकडाउन गरेको थियो ।

सम्बन्धित समाचार