पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पतालको आइसियुमा उपचार गराइरहेकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको छ । अस्पताल स्रोतका अनुसार हाल उनको लागि प्लाज्माको खोजी भइरहेको बताइएको छ। हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ । उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पति ज्ञानेन्द्र, कोमल र पूर्व अधिराजकुमारी प्रेरणाको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।



पूर्वराजदम्पति भारतको कुम्भमेलामा सहभागि भएर बैशाख ५ मा फर्केपछि ७ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि बैशाख ११ गते अस्पताल भर्ना गरिएका शाही दम्पति र छोरी मध्ये छोरीको अबस्था सामान्य बताइएको छ भने पूर्वराजालाई अक्सिजन सपोर्टमा राखिएको छ। पूर्वराजाको भारत भ्रमणको टोलीमा संलग्न अरु केहीलाई संक्रमण देखिए पनि त्यस्तो अफ्ठ्यारो नभएको बताइएको छ ।

सम्बन्धित समाचार