आज देशका यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।



आज दिउसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति भने देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शनिबार भने प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार