नेपालमा आज थपिए सर्वाधिक धेरै कोरोना संक्रमित, पुरानो रेकर्ड तोडियो

नेपालमा आज थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा देखिएको सर्वाधिक धेरै हो ।  १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



हालसम्मकै सबैभन्दा धेरै गत विहीवार ३५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार