प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सीसीएमसीको सिफारिस पारित गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ।



मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सीसीएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ । सीसीएमसीले आन्तरिक र बाहिय हवाइ उडन पनि रोक्न सिफारिस गरेको बताइन्छ ।

सम्बन्धित समाचार