नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ वैशाख ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जानकारी दिएको छ ।
यसैगरी, आज दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। भने, बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना छ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

