नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन्।
उनले लेखेका छन्-‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिए । बिहानीपख रिपोर्ट आयो-पोजेटिभ । टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ-सजग बनौं !’

