कैलालीमा सोमबार बिहानै ४ जना संक्रमितको मृत्यु

कैलालीमा कोरोना भाइरस सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो।

३८ वर्षीय पुरुषको सोमवार बिहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको हो। कोरोना पुष्टि भएका उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।



त्यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमवार बिहान ५ बजेको समयमा मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि सोमवार बिहानै मृत्यु भएको उनले बताए।

सम्बन्धित समाचार