कस्तो छ कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य अवस्था ?

कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।



‘उहाँको आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको भने अवस्था सामान्य छ ।

सम्बन्धित समाचार