मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि अल्पमतमा हुँदा पनि जबरदस्त मुख्यमन्त्रीको सपथ लिएको भन्दै लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका थिए ।



अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको थियो ।

सम्बन्धित समाचार