तीन चरणमा कायान्वयन गरिँदै नागरिकए एप, ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने

आइसिटी डे २०२१ को दिन फुल भर्सनका रूपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए । शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरू थप गर्दै जाने जानकारी गराए ।

केही समयमा नै बागमती प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरू गर्न लागेको जानकारी दिँदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरू लिने सबै सुविधाहरू यसै एपमार्फत् उपलब्ध गराउन लागेको पनि बताए ।



त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको उनले जानकारी गराए ।

नागरिक एपको प्रयोग गरी तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेश भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको जानकारी दिए ।

नागरिक एप नेपाल सरकारले प्रविधिमार्फत हातहातमै सरकारी सेवा दिने उदेश्यसहित सुरू गरेको एप्लिकेशन हो । एपको वेटा भर्सन केही महिनाअघि सार्वजनिक भए पनि गत वैशाख १९ गते प्रधानमन्त्रीले यसको फुल भर्सन सार्वजनिक गरेका थिए । जनताले सेवा लिने केन्द्र, प्रदेश तथा स्थानीय निकायका ९० प्रतिशत कामहरू एपमार्फत नै उपलब्ध गराउने लक्ष्य राखिएको पनि जानकारी गराइयो ।

अबको ३ वर्षमा एपमा अधिकांश सुविधाहरू उपलब्ध हुने गरी काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार