नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ वैशाख ।

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो ।
राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए । तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए ।
उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए । यससँगै प्रधानमन्त्रीले संसद्मा विश्वासको मत नपाउने निश्चित भएको छ ।

