
आफ्ना वरिष्ठ नेता माधव नेपालप्रति जहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसपटक प्रशंसा गरेका छन्। विहीबार ओलीसँगको वार्तापछि नेता नेपाल मिलेर अघि बढ्ने निर्णयमा पुगेका छन् भने आफ्ना समूहका सांसदको सामूहिक राजीनामा पनि रोकेका छन्।
यो निर्णयसँगै नयाँ सरकार गठन गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको योजना असफल भएको हो। यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले माधव नेपालको प्रशंसा गरेका हुन्।
दुई नेता (ओली र नेपाल) सँगै उभिएको तस्बिरसहित ‘विशेष क्षण’ शीर्षकमा थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुष्पकमल दाहालले आफ्नो गुटको स्थायी कमिटी बैठकमा हिजो भन्नुभएछ– माधव नेपालजीले धोका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयो। धोका नै दिनुभएको हो कि होइन? तर पोजिसन चेन्ज गरेर हामी एमालेहरू भन्छौं– एकदम सही गर्नुभयो माधव कमरेड ! बल्ल तपाईं सही संगतमा आउनु भयो।’

