
जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो।
आज २ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए । ‘पार्टी विधान विपरित कामहरु भएका छन् त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ राईले भने। बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय लिन सक्ने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो। उपेन्द्र-बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन भने महन्थपक्षका १५ जनाले विश्वासको मत दिएका थिए।

