लमजुङको भुलभुले केन्द्र भएर ५.८ म्याग्नेच्युडको भूकम्प

लमजुङको भुलभुले आसपास केन्द्र बनाएर बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको हो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महशुस गरिएको थियो ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पले बेसिशहर नगरपालिका-६ चनौटेमा घर भत्किदा उमा गुरुङ घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।



यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

सम्बन्धित समाचार